रुसमा हुने मानवतस्करी रोक्न एनआरएनएद्वारा श्रम मन्त्री भण्डारीको ध्यानार्कषण

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रमलाइ राेक्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ ।
पछिल्लाे समय नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र नेपालीहरूको सोही क्रममा बेपत्ता र मृत्यु हुने क्रमपनि बढेको भन्दै गैरकानुनी रूपमा रसिया जाने क्रम रोक्न विहिवार संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो ।
संघले बिगतदेखी रसियामा काम गर्दै आएका नेपालीहरुको हकमा श्रम नविकरण र अध्यागमनमा भएको अवरोध हटाई उहांहरुलाई निर्वाध रुपमा आवतजावत गर्ने वातावरण निर्माण गरिदिन अनुरोध गरेको हो ।
संघले यसअघि विभिन्न गैरकानुनी माध्यमबाट रसिया गएका नेपालीहरूको सुचना मस्कोस्थित नेपाली दुतावासलाइ दिइ मानव तस्करीलाई कम गर्न सहयोग गरेको जानकारी दिएको छ । नेपाल सरकारका विभिन्न निकायकाबीच समन्वयको कमीले गर्दा विगत लामो समय देखी रसियामा स्थायी रुपमा बसोबास गर्ने, अध्यन तथा व्यवसाय गर्ने नेपालीहरुको ठूलो संख्या अप्ठ्यारोमा परेको जनाएको छ ।
यसरी बसोबास गर्दै आएका नेपालीहरू छुट्टिमा नेपाल आउँदा अध्यागमन बाट रुस जाने नेपालीहरुलाई रोक्ने, श्रम स्वीकृति नर्गने जस्ता घटनाहरु भईरहेकोप्रति समेत संघले ध्यान आकर्षण गराएको छ ।
भेटमा मन्त्री भण्डारीले एनआरएनएका प्रतिनिधिसँग नयाँ गन्तव्य र श्रम बजारको सम्भावनाका विषयमा चासो राख्दै गैरआवासीय नेपालीहरुसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङलगायतका पदाधिकारीको सहभागीता थियो ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया