प्रधानमन्त्री प्रचण्ड र ओलीको भेटमा के भयो कुराकानी ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बिहान सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री प्रचण्डसँग वार्ताको लागि पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली सिंहदरबार पुगेका हुन्।
भेटवार्ता पश्चात सिंहदरबारबाट बाहिरिँदै ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।
उनले प्रधानमन्त्रीसँग समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सन्दर्भमा छलफल भएको बताए । विधेयकलाई राम्रोसँग छिटो टुंग्याउने बारेमा प्रधानमन्त्रीसँग छलफल गरिएको उनले जानकारी दिए ।
सरकारले बहुमतबाट विधेयक पास गर्ने भनिरहेकोबारे पत्रकारको जिज्ञासामा ओलीले टीआरसीमा एमालेको अडान कायमै रहेको बताए । उनले भने, ‘बहुमतले किन पास गर्नुपर्यो राम्रो बनाएर सहमतिमा पास गरे भइगो नि !’
पीडितमैत्री विधेयक बनाउनुपर्ने अडान एमालेको यथावत् रहेको उनले बताए ।















चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया