बागमती प्रदेश सरकारले बनायो ७८ कानुन

मनहरी (मकवानपुर)। बागमती प्रदेश सरकारले प्रदेशसभामार्फत हालसम्म ७८ वटा कानुन निर्माण गरेको छ । प्रदेश सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि आवश्यकपर्ने ९९ कानुनमध्ये ७८ वटा कानुन बनेका हुन् ।
प्रदेशसभा सचिवालयमा दर्ता भएका ८७ विधेयकमध्ये ७८ वटा पारित भएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । पारित भएका ७८ विधेयकमध्ये ७७ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएका छन् भने एउटा विधेयक प्रदेशसभा सचिवालयमा फिर्ता भएको सचिवालयले जनाएको छ ।
प्रदेशसभामा मूल ऐन ४७ वटा रहेका छन् भने ३१ वटा भने विभिन्न संशोधित ऐन र सालबसाली ऐनहरू रहेका सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । उनकाअनुसार सो अवधिमा २० ऐन संशोधनसहित पारित भएका छन् भने १३ वटा सालबसाली विधेयक पारित भएका छन् ।
प्रदेशसभामा हालसम्म १३ अध्यादेश जारी भएका छन् । त्यस्तै १० वटा मात्र प्रतिस्थापन विधेयक दर्ता भएका प्रवक्ता गुप्ताले बताए । उनकाअनुसार सो अवधिमा चार वटा अध्यादेशका प्रतिस्थापन विधेयक फिर्ता भएका छन् भने तीन अध्यादेशका प्रतिस्थापन विधेयक ल्याउन नसक्दा निष्क्रिय भएका छन् ।
सो अवधिमा दुई वटा कार्यविधि, एक नियमावली र एक नियमावली संशोधन पारित भएका प्रवक्ता गुप्ताले जानकारी दिए ।














Nepal Airlines to operate special rescue flight to Dubai tonight
रविको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटमा पूर्ण सुनुवाइ हुने
ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँ त्रासमा
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
प्रतिक्रिया