लक्ष्मी लघुवित्तले कमायो नाफा, वितरणयोग्य नाफा कति?

काठमाडौं। लक्ष्मी लघुवित्त वित्तीय संस्थाको पुस मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जाको अंश ९.६३ प्रतिशत पुगेको छ । समयमै साँवा तथा ब्याज रकम उठाउन नसक्दा कम्पनीको निष्क्रिय कर्जा उच्च दरमा बढेको हो ।
चालु आर्थि वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी लघुवित्तले २ करोड १५ लाख भन्दा बढी रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा यस कम्पनी २ करोड ४० लाख रुपैयाँ भन्दा बढी नोक्सानमा थियो ।
सञ्चालन आम्दानी ३ करोड ४ लाख ४२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस कम्पनीले २ करोड ४० लाख ७८ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोरेको थियो । यता, खुद ब्याज आम्दानी भने १२.०२ प्रतिशतले घटेर १७ करोड ८९ लाख रुपैयाँमा झरेको छ।
पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्म वितरणयोग्य नाफा १ करोड ४७ लाख रुपैयाँ छ ।कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७५ पैसा छ । प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ३५ पैसा छ । खराब कर्जा ९.६३ प्रतिशत छ ।
















युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया