शुक्रबार, वैशाख ४, २०८३

दाङमा प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या

मेरोन्यूज २०८० माघ २१ गते ११:४५

बुटवल । दाङमा एक प्रहरी जवानले श्रीमती र साढे २ वर्षीय छोराको हत्या गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टिका बिक र साढे दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लका अनुसार पिमलालले घोराहीस्थित एक होटेलमा श्रीमती र छोराको हत्या गरेका हुन्।

रोल्पा घर भएका पिमलाल शनिबार राति कार्यालयबाट बिदा मागेर घोराहीको शहीद गेटस्थित सुपरलज होटलको कोठा नं. १ मा श्रीमती र छोरासँगै बास बसेका थिए। श्रीमती र छोरा मात्रै रोप्लाबाट पिमलाललाई भेट्न शनिबार मात्रै दाङ आएका थिए।

श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए ।

प्रहरीले हत्याबारे अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा घाँटी थिचेर हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ।

facebook sharing button
twitter sharing button
messenger sharing button
sharethis sharing button

प्रतिक्रिया