साफ च्याम्पियनशिप नेपालले भूटानलाई हरायो
मेरोन्यूज
२०८० माघ २१ गते १८:५७

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ साफ यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल भुटानलाई पराजित गर्दै विजयी भएको छ ।
बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल रङ्गशालामा भएको खेलमा नेपालले भूटानमाथि १–० गोलको जित निकालेको हो । यस जितसँगै नेपालले प्रतियोगितामा शीर्ष तीन अङ्क जोडेको छ ।
नेपालको जितमा सेनु परियारले गोल गरिन् । उनले खेलको ५४औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल साबित भयो । यसअघि भएको पहिलो खेलमा आयोजक बङ्गलादेशसँग नेपाल ३–१ गोलअन्तरले पराजित भएको थियो । यता भूटान भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।
नेपाल, बङ्गलादेश, भूटान र भारत सहभागी उक्त प्रतियोगितामा अङ्क तालिकाको शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । नेपालले आफ्नो तेस्रो खेल यही माघ २३ गते भारतसँग खेल्नेछ ।
सम्बन्धित

















बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
एकै पटक १० हजारसम्म एसएमएस पठाउन सकिने टेलिकमको सेवा
बढ्दो तनावकाबीच अमेरिकाले बन्द गर्यो खाडी मुलुकका दूतावास
दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुग्यो
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
प्रतिक्रिया