आज किन बन्द भए देशभरका सिनेमा हल ?

काठमाडौं। सोमबार एक दिन देशभरका फिल्म हल बन्द भएका छन् ।
सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो ।
नेपाल चलचित्र संघले केही दिन अगाडि मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै एक दिनका लागि साङ्केतिक रुपमा फिल्म हल बन्द गर्ने निर्णय भएको जानकारी दिएको थियो ।
चलचित्र संघको निर्णयमा समर्थन जनाउँदै क्यूएफएक्स सिनेमाजले पनि हल बन्द रहने जानकारी दिएको छ ।
क्यूएफएक्सले आइतवार आफ्नो साइटमा भनेको छ, ‘सरकारले अव्यवहारिक कर (चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क)को कारण चलचित्र व्यवसाय धरासायी हुने अवस्थामा पुगेको हुँदा अव्यवहारिक कर खारेजीको माग गर्दै सांकेतिकरुपमा विरोधस्वरुप २०८० माघ २२ गते एकदिन देशभरका सम्पूर्ण चलचित्र घरहरू बन्द गर्ने नेपाल चलचित्र संघको निर्णय भएका हुँदा उक्त दिन चलचित्र घर बन्द रहने सम्पूर्ण दर्शकवृन्दमा जानकारी गराउन चाहन्छौं ।’









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया