कोशी प्रदेश मन्त्रिपरिषद् विस्तारमा कुरा मिल्यो : काङ्ग्रेस र माओवादीले थप २ / २ मन्त्री पाउने

काठमाडौँ । कोशी प्रदेशका सत्तारुढ दलहरूका बिचमा मन्त्रालय बाँडफाँडका विषयमा कुरा मिलेको छ । सत्ता गठबन्धन भित्र मन्त्रिपरिषद् विस्तारका विषयलाई लिएर खटपट बढेपछि मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
आजनै मन्त्रिपरिषद्को विस्तारको तयारी भए पनि नेपाली काङ्ग्रेसका नेता तथा पूर्व मन्त्री केशव कुमार बुढाथोकीको मृत्यु भएका कारण आजलाई मन्त्री परिषद् विस्तार रोकिएको मुख्यमन्त्री कार्की निकट स्रोतले जानकारी दियो ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार माओवादीलाई २ वटा र काङ्ग्रेसले २ वटा मन्त्रालय पाउने गरि सहमति भएको थियो । यस अघि माओवादीलाई एउटा मात्रै मन्त्रालय दिने अडानमा रहेका मुख्यमन्त्री कार्की राष्ट्रियसभाको चुनावमा माओवादीका उम्मेदवार पराजित भएपछि २ वटा मन्त्रालय दिने अवस्थामा पुगेका हुन् ।
अब विस्तार हुने मन्त्रिपरिषद्मा काङ्ग्रेसबाट ओखलढुङ्गाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री मन्त्री बन्ने भएका छन् । सुनुवार शेरबहादुर देउवा समूह र खत्री शेखर कोइराला समूहका हुन् ।
यस्तै माओवादीबाट सङ्खुवासभाका राजेन्द्र कार्की र उदयपुरका नारायण बुर्जा मगर मन्त्री बन्ने भएका छन् । कार्की यसअघि उद्धव थापा नेतृत्वको सरकारमा विना विभागीय मन्त्री थिए ।
गत असोज २७ गते नेकपा एमालेको सहयोगमा मुख्यमन्त्री बनेका कार्कीले यसअघि तीन जनालाई मात्रै मन्त्री बनाएका थिए । उनले बाँकी मन्त्रालय आफैसँग राखेका थिए ।
कार्कीले यसअघि नेपाली काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक एक जनालाई मन्त्री बनाएका थिए ।
अहिले कोशी प्रदेशमा काँग्रेसका शमशेर राई, आन्तरिक मामिला तथा कानु नमन्त्री, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण मन्त्री र नेकपा एका कमल जबेगु भौतिक पूर्वाधार मन्त्री बनाएका थिए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया