सोलुखुम्बुमा चुरोटको ठुटाबाट सल्किएको आगोले घर खरानी
मेरोन्यूज
२०८० माघ २३ गते २१:२३

सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको सोताङ गाउँपालिका–५ शिवटार बजारमा चुरोटको ठुटाबाट सल्किएको आगोले घर जलेर नष्ट भएको छ ।
सोमबार राति अज्ञात व्यक्तिले फालेको चुरोटको ठुटाबाट सल्किएको आगोले खड्गबहादुर राईको घर जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार अज्ञात व्यक्तिले फालेको चुरोटको ठुटा भुइमा पोखिएको पेट्रोलमा पर्दा आगलागी भएको हो । उक्त आगोले दुई तले घर जलेर नष्ट हुँदा रु तीन लाख ५० हजार बराबरको क्षति भएको उनले बताए ।
आगलागीपछि हामफालेर भाग्ने क्रममा सोही घरमा भाडामा बस्दै आएका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–३ का काजीमान कटवाल घाइते भएका छन् । कटवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी निरीक्षक मिश्रले बताए ।
सम्बन्धित
















१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया