लागूऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ
मेरोन्यूज
२०८० माघ २३ गते २१:४५

पोखरा । कास्की प्रहरीले लागूऔषध मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा–२० घर भई हाल दीप बस्ने २६ वर्षीय ऋतिक परियार रहेका छन्।
परियारलाई मंगलबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए।
जिल्ला अदालत कास्कीले असोज १५ गते उनलाई लागूऔषध मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो। फैसला लगत्तै उनी फरार रहेका थिए।
उनलाई जिल्ला अदालत कास्की उपस्थित गराई सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
सम्बन्धित
















अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
शहीदका रगतलाई सम्मान गर्दै उनीहरूको सपना पूरा गर्ने समय आएकोछ: बालेन शाह
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
प्रतिक्रिया