शुक्रबार, चैत २०, २०८२

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

मेरोन्यूज २०८० माघ २४ गते १६:०१

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ९२ अङ्कले बढेर दुई हजार ९० दशमलव ६४ को विन्दुमा कायम भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आज विभिन्न तीन सय १३ कम्पनीका ७७ लाख ३२ हजार दुई सय ३४ कित्ता शेयर ६५ हजार चार सय ६३ पटक खरिद बिक्री हुँदा रु दुई अर्ब ८४ करोड २५ लाख ५० हजार दुई सय ३७ बराबरको कारोबार भएको छ ।

वित्त समूह शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १७, निर्जीवन बीमा समूह शून्य दशमलव ३९, व्यापार समूह शून्य दशमलव १२ र अन्य समूह एक दशमलव ५३ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा बढी होटल तथा पर्यटन समूह एक दशमलव ५० र जीवन बीमा समूह एक दशमलव २९ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ समूह शून्य दशमलव २६, विकास बैंक समूह शून्य दशमलव ३०, जलविद्युत् समूह शून्य दशमलव ९४, लगानी समूह शून्य दशमलव ४० र म्युचुअल फन्ड शून्य दशमलव ४२ प्रतिशतले बढेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनसीसी डिभेञ्चर २०८६ पाँच दशमलव २५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु २४ करोड ८२ लाख ६८ हजार ३८ बराबरको तीन लाख ५४ हजार दुई सय ५८ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया