करेन्ट लागेर अछामका एक युवकको मृत्यु
मेरोन्यूज
२०८० माघ २४ गते १८:३०

अछाम । अछाममा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ।
जिल्लाको पञ्देवल विनायक नगरपालिका–५ लयाँटीका २५ वर्षीय प्रकाश बुढाको करेन्ट लागेर मृत्यु भएको हो। उनी एभरेस्ट नेटवर्क प्रालिमा कार्यरत थिए। दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै नेटवर्कको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ।
उनलाई मंगलवार (हिजो) बेलुकी बिजुलीको पोलमा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका बुढालाई अस्पताल पुर्याउँदा उनलाई अस्पतालले मृत घोषणा गरेको थियो। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया