६ महिनामा मकवानपुर मालपोतले उठायो १६ करोड राजस्व

हेटौँडा । मालपोत कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८०/०८१ मा जग्गाको कारोबारबाट रु १५ करोड ७८ लाख ८० हजार छ सय ६२ राजस्व सङ्कलन गरेको छ ।
मालपोत कार्यालयले साउनदेखि पुस मसान्तसम्मको अविधमा उक्त रकम सङ्कलन गरेको हो ।
मालपोत कार्यालय मकवानपुरबाट थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र कैलाश गाउँपालिकाको आग्रा र गोङ्टेबाहेकका अन्य स्थानीय तहको जग्गाको कारोबार हुँदै आएको छ ।
कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा रजिस्ट्रेसन दस्तुर, राप्ती संरक्षण कोष, न्यायिक दस्तुर रोक्का, सेवा शुल्क तथा अन्य प्रशासनिक दस्तुर, पुँजीगत लाभकर गरी रु दुई करोड ६३ लाख सात हजार चार सय ९३ राजस्व सङ्कलन गरेको छ ।
त्यसैगरी कार्यालयबाट प्राप्त जानकारीअनुसार सो अवधीमा साउन महिनामा रु तीन करोड, भदौ महिनामा रु दुई करोड ४२ लाख ६० हजार चार सय १५ राजस्व सङ्कलन गरेको छ । त्यसैगरी कार्यालयले असोज महिनामा रु तीन करोड ९९ लाख ७२ हजार आठ सय ७८ राजस्व सङ्कलन गरेको छ ।
यस्तै कात्तिकमा रु एक करोड ३४ लाख ५१ हजार सात सय ८६ र मङ्सिरमा रु दुई करोड ६५ लाख ७५ हजार चार सय ४९ राजस्व, पुस महिनामा रु दुई करोड ७८ लाख छ हजार ९१ राजस्व आम्दानी गरेको हो ।
गत आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्मको पहिलो छ महिनाको अवधिमा कार्यालयले रु २३ करोड ३६ लाख एक हजार छ सय ३६ आम्दानी गरेको थियो । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म रु २६ करोड ६० लाख ७२ हजार तीन सय ६९ राजस्व आम्दानी गरेको थियो ।
मालपोत कार्यालय राजस्व आम्दानीको एक स्रोत रहेको छ । यस कार्यालयले जग्गाको विभिन्न कारोबारबाट राजस्व आम्दानी गर्दै आएको छ । पछिल्लो समय कार्यालयमा कारोबार घट्दो क्रममा रहेको देखिएको छ । अघिल्लो आव २०७८/७९ को तुलनामा गत आव २०७९/८० मा रु तीन करोड २४ लाख ७० हजार सात सय ३३ ले कम राजस्व आम्दानी भएको थियो ।
आव २०७८/७९ को तुलनामा चालु आवमा रु १० करोड ८१ लाख ९१ हजार सात सय सातले राजस्व कम सङ्कलन भएको छ । पछिल्लो तीन वर्षको राजस्व सङ्कलनको तथ्याङ्क हेर्दा भारी गिरावट भएको देखिएको छ ।
कार्यालयका अनुसार गत आवको तुलनामा चालु आवमा रु सात करोड ५० लाखभन्दा कम राजस्व उठेको छ । चालु आवको केही समय जग्गाको कित्ताकाट बन्द, आर्थिक मन्दीका कारण जग्गाको कारोबार घटेसँगै राजस्व सङ्कलनमा पनि कमी आएको हो ।

















Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
PM Karki, her Qatari counterpart hold phone talks, discuss Nepalis’ security in West Asia
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
प्रतिक्रिया