माधव नेपाल विदेशी भ्रष्टाचारीको मतियार भएको ओलीको आरोप

रौतहट । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओललीले माधवकुमार नेपाललाई विदेशी भ्रष्टाचारीको मतियार भएको संज्ञा दिएका छन्। सीमित स्वार्थको निमित सिङ्गो नेकपा फुटाउने नेपालले गठबन्धनलाई घर भनेको भन्दै ओलीले चर्को आलोचना गरेका छन्।
नेकपा एमाले रौतहटको १०औं जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा उद्घाटन गरेपछि बिहीबार गरुडामा सभालाई सम्बोधन गर्दै ओलीले नेपालको चर्को आलोचना गरेका हुन्।
‘एउटा अनलाइन हेर्दा माधव नेपालले केपी ओलीसँग बोलचाल बन्द भनेका थिए। नेपालसँग बोलचाल नहुँदा के विग्रिन्छ?,’ ओलीले भने।
विदेशी, प्रतिक्रियावादी शक्ति, जनविरोधी, विकास विरोधी, सुशासन विरोधी, भ्रष्ट तत्वहरूको मतियार भएर नेपाल उनीहरूकै पछि-पछि हिँडिरहेको ओलीको टिप्पणी छ।
‘माधव जीले गठबन्धन भत्किन दिन्न, गठबन्धन भत्काउदिन, गठबन्धन भत्किने गरी काम गर्दिन, घरमा आगो लगाउदिन, यो मेरो घर हो भन्नु भयो। उहाँलाई नेकपा एमालेले १५ वर्षसम्म प्रमुख पदमा बसायो, उपप्रधानमन्त्रीदेखि प्रधानमन्त्री बनायो, पार्टीले सबै थोक दिएको र आफैले बनाएको विशाल घरबाट दुई तिहाईको पार्टीलाई तोडफोड गर्ने सरकार ढाल्ने, ६ प्रदेशको सरकारलाई ढालेर कांग्रेससँग टासिने,’ उनले भने। गठबन्धन भत्किएपछि त्यो घर होइन भनेर त्यतिबेलामात्र नेपाललाई थाहा हुने उनले दाबी गरे।
त्यसैगरी आमजनता पार्टीका अध्यक्ष प्रभु साहको पछाडी गएका एमालेका कार्यकर्तालाई पनि उनले पार्टीमा फर्किन आग्रह गरेका छन्। उनले प्रभुको पुच्छर समातेर बैतरणी पार नहुने भएकाले ससम्मान एमालेमा फर्किन सुझाव दिएका हुन्।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया