आजदेखि ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु

काठमाडौं । अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ ।
आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरेका हुन् । यो सेवा सुरु गरेसँगै नेपाल आएका पर्यटकले ई–भिसा देखाएपछि एयरपोर्टमा नै भिसा पाउनेछन् ।
विभागले केही समय अघिदेखि परीक्षणका रूपमा सुरु गरिसकेको सेवा पूर्णरूपमा सफल भएपछि आजबाट औपचारिकता दिएको हो। नेपाल आउने विदेशी पर्यटकलाई भिसाका लागि दूतावास धाउनुपर्ने र विमानस्थलमा लाइन लाग्नुपर्ने बाध्यता हटेको विभागले जनाएको छ।
विभागले स्वचालित प्रणाली लागू गर्दै अनलाइन तथा भावी सुधारका योजनासमेत सार्वजनिक गरेको छ। ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाले भिसा प्रक्रिया र विदेशी पर्यटकका लागि सहज हुने विभागको दाबी छ।
यो भिसा प्रणाली लागू भएसँगै विदेशी नागरिकले जुनसुकै स्थानबाट भिसाका लागि आफैँ आवेदन गर्न सक्नेछन्। साथै, अध्यागमन विभाग र कार्यालयहरूलाई पूर्णरूपमा प्रविधियुक्त र स्वचालित समेत भइसकेको विभागले जनाएको छ।
हाल विहान १० बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन हुने गरेकोमा फागुन १ गतेदेखि विहान ८ बजेदेखि साँझ ८ बजेसम्म र इ-भिसा सुरु भएपछि बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सिफ्ट प्रणालीमा हरेक दिन कार्यालय सञ्चालन हुने विभागले जनाएको छ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया