माओवादी नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
मेरोन्यूज
२०८० माघ २९ गते ९:४१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।
आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झापाका नेता पुरी र केशावतीलाई दोषी ठहर गरेको विशेष अदालतले जनाएको छ।
झापाको बालुवाटार काण्ड भनेर चिनिने दमक नगरपालिका–१३ को सरकारी जग्गा हडपेर सम्पत्ति कायम गरेको पुरीमाथि आरोप थियो । विशेष अदालतले पनि उनको आयभन्दा व्यय ४ करोड रुपैयाँ बढी देखिएको ठहर गरेको छ ।
पुरीसहित ६ जनाविरुद्ध २१ माघ २०७७ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । ६ जनाविरुद्ध मुद्दा दायर भएकामा २ जनामात्र दोषी ठहर भएका हुन् । उनीहरुविरुद्ध सजाय निर्धारणका लागि ६ फागुनमा पेशी तोकिएको छ ।
सम्बन्धित
















चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया