करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष कैद फैसला
मेरोन्यूज
२०८० माघ २९ गते १४:०५

दमौली (तनहुँ) । तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका–७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको हो । साथै निजविरुद्ध रु एक लाख जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए ।
परिवर्तित नाम २०७८/७९ चबहादुरले निजविरुद्ध जाहेरी दिनुभएको थियो । प्रहरीले प्रतिवादीविरुद्ध विसं २०७८ असोज १२ गते अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा अदालतमा १२ पटक पेसी तोकिएको थियो ।
यही माघ २१ गते न्यायाधीश विष्टकै इजलासले उक्त मुद्दामा आदेश सुनाउँदै सजाय निर्धारणका लागि पेस गर्न भनेको थियो । सोहीबमोजिम आइतबार निजविरुद्ध कैद फैसला भएको अदालतले जनाएको छ ।
सम्बन्धित
















क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया