एनआरएनए केन्याद्वारा बालबालिकालाई खाद्यान्न तथा ब्ल्याङ्केट वितरण

नैरोबि, केन्या । गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्याले सामाजिक कार्य अन्तर्गत केन्यामा रहेकाे Child Welfare Society of Kenya, Mama Ngina Kenyata children’s का संरक्षणमा रहेका बालबालिकाका लागी खाद्य सामग्री तथा न्यानो ब्ल्याङ्केट वितरण गरेकाे छ ।
साेमबार एक समारोहकाबीच अध्यक्ष शिवलाल अधिकारीले संस्थाका प्रमुखलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
समारोहमा एनआरएनए केन्याका संस्थापक अध्यक्ष कुल बहादुर कार्की, पुर्व केन्द्रिय सदस्य यादव काफ्ले, उपाध्यक्ष भरत रेग्मी, सह-कोशाध्यक्ष कमल अधिकारी, महिला संयाेजक कल्याणी काफ्ले लगायतको उपस्थिति थियो।
एनआरएनए केन्याले देउसी भैलो कार्यक्रमबाट जम्मा भएको ३३ हजार र संघको तर्फबाट ७३०० केन्या शिल्लिङ गरी ४० हजार ३०० केन्या शिल्लिङ उक्त संस्थालाई उपलब्ध गराएको संघका सह-कोशाध्यक्ष कमल अधिकारीले जानकारी दिए ।
त्यसैगरी जलवायुको परिवर्तन र त्यस्को असरबारे विश्वलाई जनचेतना गराउनका लागि साइकलमा विश्व भ्रमणमा रहेका नेपालका शुभ प्रसाद शर्मालाई संघको तर्फबाट स्वागत तथा उनको अफ़्रिकि महादेशको यात्राको लागि सौजन्यको रुपमा साइकल प्रादन गर्नुको साथै नैरोबि बसाइको क्रममा भएको खर्चस्वरुप ३० हजार केन्या शिल्लिङ प्रदान गरिएको छ।
शर्मालाई नैरोबिबाट आगामी गन्तव्य छिमेकी देश तान्जानियाको यात्राको लागि अध्यक्ष अधिकारी र पुर्व अध्यक्ष कृष्ण दत्त भट्टले बिदाइ गरे ।



















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
प्रतिक्रिया