राष्ट्र बैंकद्वारा पाँच मनीचेन्जर कम्पनीको इजाजतपत्र रद्द
मेरोन्यूज
२०८० माघ २९ गते १६:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँचवटा मनीचेन्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै पाँचवटा मनीचेन्जरको इजाजतपत्र रद्द गरिएको जानकारी दिएको हो।
विभागका अनुसार काठमाडौंको वसन्तपुरस्थित फेयर मनी एक्सचेन्ज, क्षेत्रपाटीस्थित कैलाश मनी एक्सचेन्ज र लालदरबारस्थित रुट नेपाल मनी एक्सचेन्ज, भक्तापुरको तौमढीस्थित न्यातपोल मनी एक्सचेन्ज तथा रसुवाको गोसाइँकुण्डको टिमुरेस्थित ग्रेस मनी एक्सचेन्जको इजाजत रद्द गरिएको छ।
मनीचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मा रहेको व्यवस्थाबमोजिम नवीकरण नगरेकोले ती मनीचेन्जरको इजाजतपत्र रद्द गरिएको विभागले स्पष्ट पारेको छ।

सम्बन्धित
















नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया