नेपाल–न्युजिल्याण्ड द्विपक्षीय बैठक

काठमाडौँ । नेपाल र न्युजिल्याण्डबीच परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय बैठक भएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र न्युजिल्याण्डका उपप्रधान एवं परराष्ट्र तथा उद्योगमन्त्री विन्स्टन पिटर्ससँग आज वेलिङ्टनमा पारस्परिक हित र चासोका विषयमा छलफल गरेका हुन् ।
बैठकमा दुवै पक्षले दुई देशबीच विद्यमान सुमधुर सम्बन्धप्रति सन्तुष्टि जनाउँदै आपसी हितका विभिन्न क्षेत्रमा सहयोग बढाउनेबारेमा छलफल गरेका यानबेरास्थित नेपालको राजदूतावासले जनाएको छ ।
आजै मन्त्री साउदको सम्मानमा मन्त्री पिटर्सले दिवाभोजको आयोजना गरे । त्यसअघि मन्त्री साउदले न्युजिल्याण्डको प्रतिनिधिसभामा भएको प्रश्नोत्तर सत्रको अवलोकन गरेका थिए। संसद्मा नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिलाई सभामुख गेरी ब्राउन्लीले स्वीकार गरेका थिए। न्युजिल्याण्डस्थित नेपालका अवैतनिक दूत तथा वेलिङ्टनमा रहेका नेपालीको आयोजनामा भएको छलफलमा मन्त्री साउद तथा उनी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो ।
त्यसअवसरमा न्युजिल्याण्डमा रहेका नेपालीलाई राहदानी, कन्सुलर सेवालगायत सेवा प्रवाह गर्ने, न्युजिल्याण्डमा नेपालीले सिकेका सीप, ज्ञान र विशेषज्ञतालाई नेपालको विकासमा उपयोग गर्नेसम्बन्धमा छलफल भएको उक्त दूतावासले जनाएको छ ।
त्यसअघि नेपाल–न्युजिल्याण्ड परराष्ट्र मन्त्रालय परामर्श बैठक भएको थियो । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव रीता धिताल र त्यहाँको परराष्ट्र मन्त्रालयको दक्षिण तथा दक्षिणपूर्वी एसियाका विभागीय निर्देशक जोन्ना केम्केर्सले न्युजिल्याण्डको नेतृत्व गरेका थिए ।
बैठकमा द्विपक्षीय सम्बन्धका सबै विषयमा विचार आदानप्रदान हुनका साथै दुई देशबीच आर्थिक–सांस्कृतिक साझेदारीका माध्यमबाट आपसी सहयोगलाई अझ सघन तुल्याउने सम्बन्धमा छलफल भएको थियो ।
परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल यही फागुन ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।
















आन्तरिक उडान सुचारू
भक्तपुरमा ३ सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते
HoR elections: More youth candidates seeking voters’ trust in Madhesh, breaking past trends
सन नेपाल लाइफको नेशनल एजेन्सी मिट २०८२ सम्पन्न, उत्कृष्ट अभिकर्ता तथा एमडीआरटी २०२६ सम्मानित
स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्रतिक्रिया