गर्भवतीको हेलिकप्टरबाट उद्धार
मेरोन्यूज
२०८० फागुन ४ गते २०:१८

म्याग्दी । म्याग्दीको विकट धवलागिरि गाउँपालिका–४ मुदीबगरकी एकजना गर्भवतीको आज हेलिकोप्टरमा उद्धार गरिएको छ।
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र धवलागिरि गाउँपालिकाको समन्वयमा बगरगाउँकी तुलसा बुढाथोकीलाई उद्धार गरिएको हो।
धवलागिरि गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले बिहीबार साँझ ६ बजेदेखि प्रसूति ब्यथाले लागेपछि पेटमा रहेको बच्चाको धड्कन पनि अनियमित भएकाले तत्काल ‘एयरलिफ्ट’ गरेर पोखरा लगिएको बताइन्।
‘पाठेघर खुल्न विलम्ब, रक्तचाप कम हुँदै गएको र बच्चाको धड्कन अनियमित भएको हुँदा हेलिकप्टरमा पोखरा पठाएका थियौं’, उनले भनिन्, ‘पोखराको गण्डकी अस्पतालमा अपराह्न बुढाथोकी सुरक्षितरूपमा सुत्केरी हुनुभएको छ।’
आमा र बच्चाको अवस्था खतरामुक्त रहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै उनले बताइन्।
सम्बन्धित













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
प्रतिक्रिया