कन्यालाई आकस्मिक धन लाभ, अन्य राशिकाे आज कस्ताे छ दिन ?

५ फागुन २०८०, शनिबार । माघ शुक्ल अष्टमी । पञ्चाङ्ग: एन्द्र बव कृत्तिका। फ्रेबुअरी १७ तारिख २०२४
यस्ताे छ तपाईंकाे आज काे राशिफल :-
मेष: आज आफ्नै परिश्रमले विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रशासनिक कार्यमा सफलता पाइने छ ।
वृष: आपन्त तथा साथिभाइबाट सहयाे प्राप्त हुनाले चिताएकाे काममा सफलता पाइने छ। पढाइ लेखाइमा रुची बढ्नेछ । शुभ समाचार पनि सुन्न पाइएला ।
मिथुन: अनावश्यक झमेलामा पर्नुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइनेछ ।
कर्कट: प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि उपयुक्त समय छ । राजनीति तथा समाजसेवामा सरिक भइनेछ ।
सिंह: प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र मनोबल बढ्ने छ । परिवारकाे साथ पाइनेछ ।
कन्या: आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनसक्छ ।
तुला: राज्यबाट मान सम्मान पाइनेछ। स्वास्थ्यमा केही समस्या आउन सक्छ, सचेत रहनुहाेला ।
वृश्चिक: विभिन्न अवसर प्राप्त हुनेछन्। शिक्षामा सफलता पाइनेछ । स्वास्थ्यमा सुधार आउला ।
धनु: नसोचेको ठाउँबाट धन प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको कार्यले गति लिनेछ । विशिष्ट व्यक्तिको साथ र सहयोग मिल्नेछ ।
मकर: बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ: आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण कार्यमा बाधा आइपर्ला ।
मीन: आज भाग्यले साथ दिनेछ । समाजसेवामा मन लाग्नेछ । स्वास्थ्यमा केही समस्या आउन सक्छ, सचेत रहनुहाेला ।
















प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपाल भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते, मध्यपूर्वमा द्वन्द्व तीव्र
टोटल इनर्जिज र लक्ष्मी ल्युब आयलद्वारा ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट स्थापना
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
प्रतिक्रिया