शनिबार, वैशाख १९, २०८३

महोत्तरीमा दुई समुदायबीच झडप हुँदा प्रहरीद्वारा ४ राउन्ड हवाई फायर

मेरोन्यूज २०८० फागुन ५ गते १७:२६

धनुषा । महोत्तरीको सम्सीमा झण्डा मेलामा दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ। मेलाको कलश यात्राका क्रममा दुई समूहबीच झडप हुँदा प्रहरीले चार राउन्ड गोली चलाएको हो। 

Advertisement
NiccNicc

झडप नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए। झडपमा दुवैतर्फका केही व्यक्ति घाइते भएका छन्।

ब्रह्मस्थान मन्दिरमा महावीर झन्डा मेलाको आज उद्घाटन गरिदैछ । मेलाको उद्घाटन अघि वडा नम्बर १ बाट कलश यात्रा निकालिएको थियो ।

कलश यात्रा मस्जिद भएको स्थानबाट गएको र त्यहाँ जय श्रीरामको नारा लगाएपछि मुस्लिम समुदायले विरोध गर्दा झडप भएको बुझिएको छ । स्थित नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेका छन् ।

झडपका क्रममा एउटा मोटरसाइकलमा आगजनीसमेत गरिएको छ।

प्रतिक्रिया