त्रिविको उपकुलपति छनोटका लागि आज अन्तर्वार्ता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि आज उम्मेदवारहरूको अन्तर्वार्ता हुँदै छ ।
त्रिवि उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परी प्रस्तुतीकरणमा सहभागी भएकाहरुको अन्तर्वार्ता लिन लागेको हो ।
अन्तर्वार्तामा आज बिहान साढे ८ बजेदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा सुरु हुनेछ ।
समितिको सूचना अनुसार आज बिहान साढे ८ बजेदेखि कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको अन्तर्वार्ता हुनेछ ।
त्यसपछि दिउँसो १ बजेदेखि नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापाको अन्तर्वार्ता हुने समितिले जनाएको छ ।
अन्तर्वार्तापछि समितिले सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जनाको उपकुलपति नियुक्तका लागि कुलपति समक्ष सिफारिस गर्नेछ।
















प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया