सोमबार, वैशाख १४, २०८३

कुर्सी हल्लिने डर मानेको छैन : प्रधानमन्त्री प्रचण्ड

मेरोन्यूज २०८० फागुन ६ गते १३:५२

काठमााडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कुर्सी हल्लिने डर नभएको बताएका छन्। प्रतिनिधिसभामा भइरहेको ‘सांसदसँग प्रश्नोत्तर’को जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

Advertisement
NiccNicc

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै उनले सरकार जाला कि भन्ने आफूलाई विल्कुलै डर नभएको बताए ।

‘मलाई कुर्सी हल्लिने डर छैन। मलाई अहिलेको प्रतिपक्षी लगायतले प्रधानमन्त्री बनाउनुभयो। मैले १५ हो कि २० दिन भन्ठानेको थिएँ। विश्वभरको अध्ययन पनि गरेको थिएँ,’ प्रचण्डले भने, ‘नजिकै भारतमा १३ दिनमा अटल बिहारी बाजपेयी हटेको देखेपछि आनन्द मानेको थिएँ। यो सरकार जाला कि भन्ने डर विल्कुल छैन।’

प्रधानमन्त्री प्रचण्डले कुर्सी जाने डर मानेको भए छानबिन नै सुरु नहुने बताए ।

प्रतिक्रिया