शनिबार, वैशाख १९, २०८३

मलेसियामा बैतडीका एक युवकको मृत्यु

मेरोन्यूज २०८० फागुन ६ गते १८:३८

बैतडी। बैतडीका एक युवकको  मलेसियामा मृत्यु भएको छ।

Advertisement
NiccNicc

जिल्लाको दशरथचन्द नगरवपालिका–४ जर्गका ३० वर्षिय बिष्णु लोहारको मलेसियामा मृत्यु भएको हो। शुक्रबार राति कोठामा सुतेका उनी शनिवार बिहान मृत फेला परेका थिए। 

आफन्तका अनुसार उनी मलेसियाको पेनाङ राज्यको जेसीवाइसी कम्पनीमा कार्यरत थिए। ६ वर्ष  मलेसियामा काम गरेर घर आएका उनी यो वर्षको दशैँ मनाएर फेरी वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए।

मलेसियामा ६ बर्ष कामगरेर गत असोज महिनामा घर फर्केका बिष्णुलाई कम्पनीबाट कामको लागि खबर आएपछि आफ्नो ब्रतबन्ध गरेर पुनः मलेशिया गएका थिए। अर्कोपटक घर आउदाँ बिहे गर्ने सोच बनाएर पैसा कमाउन वैदेशिक रोजगारिमा गएका बिष्णु उतै वितेका छन्। 

उनको मृत्युको कारण खुल्न सकेको छैन्। बिष्णुको शव नेपाल ल्याउन अहिले पहल भइरहेको आफन्त एवं दशरथचन्द नगरपालिका–४ का वडासदस्य देवराम लोहारले बताए।

प्रतिक्रिया