मलेसियामा बैतडीका एक युवकको मृत्यु

बैतडी। बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ।
जिल्लाको दशरथचन्द नगरवपालिका–४ जर्गका ३० वर्षिय बिष्णु लोहारको मलेसियामा मृत्यु भएको हो। शुक्रबार राति कोठामा सुतेका उनी शनिवार बिहान मृत फेला परेका थिए।
आफन्तका अनुसार उनी मलेसियाको पेनाङ राज्यको जेसीवाइसी कम्पनीमा कार्यरत थिए। ६ वर्ष मलेसियामा काम गरेर घर आएका उनी यो वर्षको दशैँ मनाएर फेरी वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए।
मलेसियामा ६ बर्ष कामगरेर गत असोज महिनामा घर फर्केका बिष्णुलाई कम्पनीबाट कामको लागि खबर आएपछि आफ्नो ब्रतबन्ध गरेर पुनः मलेशिया गएका थिए। अर्कोपटक घर आउदाँ बिहे गर्ने सोच बनाएर पैसा कमाउन वैदेशिक रोजगारिमा गएका बिष्णु उतै वितेका छन्।
उनको मृत्युको कारण खुल्न सकेको छैन्। बिष्णुको शव नेपाल ल्याउन अहिले पहल भइरहेको आफन्त एवं दशरथचन्द नगरपालिका–४ का वडासदस्य देवराम लोहारले बताए।













देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
प्रतिक्रिया