मिथुनका रोकिएको अधुरो कार्यले पूर्णता पाउने, अन्य राशिकाे कस्ताे छ दिन?

७ फागुन २०८०, सोमवार । माघ शुक्ल दशमी । पञ्चाङ्ग: विषकुम्भ गर मृगशिरा । फ्रेबुअरी १९ तारिख २०२४
यस्ताे छ तपाईंकाे आज काे राशिफल :-
मेष: शुभकार्यमा सहभागी भइएला। कुनै कुराले मन प्रसन्न रहनेछ। मनपर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ।
वृष: मणीय र सुखद यात्राको योग छ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। मनमा सहयोग भाव आउला।
मिथुन: रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। संगीत, कला र साहित्यमा रुचि बढ्नेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। प्रेम प्रस्ताव आउन सक्छ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ।
कर्कट: आफन्त वा सहकर्मीबाट विरोध आउला। गरेको काम बिग्रने सम्भावना छ। अरूको मुख नहेरी सही निर्णय लिन सके अवसर प्राप्त होला।
सिंह: आँटेको र ताकेको कार्य पूरा होला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ
कन्या: प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।
तुला: नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ।
वृश्चिक: सौन्दर्यमा धन खर्च हुनेछ। मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। साँझमा व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।
धनु: परिवारका सदस्यसित भेटघाट हुनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। आकस्मिक धनलाभ हुनेछ।
मकर: नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। वस्त्र एवं अलङ्कार प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला।
कुम्भ: अरूलाई प्रभावित पारेर काम बन्नेछ। शिक्षामा सफलता मिल्नेछ। रमणीय र सुखद यात्राको योग छ।
मीन: आफूलाई कमजोर भएको अनुभूति हुनेछ। गरेका काममा ढिलासुस्ती हुनेछ। मनमा दुबिधा हुने र स्वास्थ्यमा समस्या आउन सक्छ। साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्नेछ।
















दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
Jumla temperature drops to minus 0.71 degree Celsius, affects life
म्याग्दीका किसान माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
Women’s T20 World Cup Global Qualifier: Nepal out of Group Stage
सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यले गरे पदभार ग्रहण
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
दुई हजार एक सय जना एमालेमा प्रवेश
प्रतिक्रिया