धरानमा कञ्चटमा हिर्काएर आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सुनसरी । धरानमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। प्रहरीले धरान उपमहानगरपालिका-११ कविर्ताचोक २८ वर्षीय दीपक राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको आरोपमा राईलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक विपीन रेग्मीले बताए। राईलाई अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको रेग्मीले बताए।
दीपकले मादक पदार्थ सेवन गरेर रमनश्वरीलाई कञ्चटमा प्रहार गरेको रेग्मीले बताए। ‘कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएकी थिइन्, बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो,’ रेग्मीले भने।
उनीहरूको पारिवारिक झगडा के हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। ‘अहिले हत्या गरेका छोरालाई हामीले हिरासतमा राखेर अनुसन्धान थालेका छौं,’ रेग्मीले भने, ‘के चिजले कञ्चटमा प्रहार गरेको स्पष्ट खुलिसकेको छैन।’
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया