रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिह्न प्रदान
मेरोन्यूज
२०८० फागुन ८ गते २०:१३

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका उपरथी निर्मल कुमार थापालाई मंगलबार दर्ज्यानी चिह्न प्रदान गरेका छन् । पदोन्नतिसँगै रथी थापा श्री बलाध्यक्ष विभागमा नियुक्त भएका छन् ।
रथी थापा अब नेपाली सेनाका तेस्रो शक्तिशाली अधिकारी बन्न पुगेका छन्। प्रधानसेनापति शर्मापछि दोस्रो वरियतामा अर्का बलाधिकृत रथी अशोक सिग्देल छन्।
थापा अहिले संयुक्त राष्ट्र संघको डिसइनगेजमेन्ट अब्जर्भर फोर्स (अनडफ) मिसनमा फोर्स कमान्डरको रुपमा कार्यरत छन्। ललितपुरमा २०२४ सालमा जन्मिएका थापा २०४३ सालमा नेपाली सेनामा भर्ती भएका थिए।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया