कालीकोटका १७ हजार बालबालिकालाई दादुरा खोप दिइने

कालीकोट । कालीकोट जिल्लाका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्लाका नौवटा स्थानीय तहमा नौ महिनादेखि पाँच वर्षमुनिका १७ हजार चार सय १७ बालबालिकालाई खोप दिने जनाएको छ ।
पछिल्लो समय बालबालिकामा दादुरा देखापर्न थालेपछि त्यसबाट उनीहरूलाई मुक्त गर्न खोप दिन थालिएको हो । स्वास्थ्य सेवा कार्यालय कालीकोटले दुई चरणमा खोप अभियान सञ्चालन गर्न लागेको हो ।
पहिलो चरणमा खाँडाचक्र नगरपालिका, पलाँता गाउँपालिका, नरहरिनाथ गाउँपालिका, महावै गाउँपालिका र तिलागुफा नगरपालिकामा फागुन १३ देखि १५ गतेसम्म खोप अभियान सुरु गर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले बताए ।
यस्तै रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र शुभकालिका गाउँपालिकामा फागुन १७ देखि १९ गतेसम्म खोप सञ्चालन गरिने उनको भनाइ छ ।
यसअघि जिल्लामा सञ्चालन गरिएको टाइफाइडविरुद्धको खोप ४९ हजार नौ सय छ जनाले लगाएका थिए । यो कालीकोटको जम्मा खोप पाउने लक्षित जनसङ्ख्याको ८७ प्रतिशत भएको कार्यालयले जनाएको छ ।















एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने
आगलागीले निस्सासिएकी वृद्धाको उद्धार
कहाँकहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय ?
पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
प्रतिक्रिया