शनिबार, पुष १९, २०८२

बैतडीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते 

मेरोन्यूज २०८० फागुन १० गते १७:५२

धनगढी । बैतडीमा मलामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन् ।

बिहीबार दिउँसो डिलासैनी गाउँपालिका-१ को घरटामा गन्नादेखि धाउलातर्फ गइरहेको जाँदै गरेको सुपप्र ०१००१ च ३१४६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा डिलासैनी गाउँपालिका-१ को धौला बस्ने ५० वर्षीय गोपालबहादुर बोहरा रहेका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार बोहराको घटनास्थलमै मृत्यु भएको हो।

जिपमा १३ जना सवार रहेको थिए। जिपमा सवार अन्य सकुशल रहेका छन्। धनपती धामीको गण्नीगाड खोलामा दाहसंस्कार गरेर फर्कने क्रममा बिहीवार(आज) दिउँसो पौने २ बजेतिर जिप दुर्घटना भएको हो।

 दुर्घटनामा परेर घाइते हुनेमा डिलाशैनी १ का रतन धामी, मन्धिर धामी र सुरेन्द्र बोहराको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। दुई जना अमर धामी र लोकेन्द्र धामी सामान्य उपचार पश्चात डिस्चार्ज भइसकेका छन्। जिप चालक डिलाशैनी ६ बागगोठका धनबहादुर कठायत फरार रहेको बताइएको छ।

प्रतिक्रिया