देशकाे विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ

काठमाडाैं । देशकाे विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सातजना पक्राउ परेका छन् ।
झापाकाे बिर्तामोड नगरपालिका-५ भद्रपुर रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम र मोबाइल १ थानसहित सोही ठाउँ बस्ने २० वर्षीय राज राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकाे टीकापुर नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका-४ घर भएका २३ वर्षीय आरोन थापालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुरकाे भिमदत्त नगरपालिका-४ पुरानो बसपार्कबाट अवैध लागूऔषध चरेश १ सय २९ ग्राम ६७ मिलिग्राम, नगद ८२ हजार ७ सय २५ रूपैयाँ र तौल गर्ने काँटा १ थानसहित सोही ठाउँ बस्ने ७४ वर्षीय शेर सिंह धामीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको पसल र घरको तलासी गर्ने क्रममा उक्त परिमाणको चरेश फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुरकै पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्रामसहित कैलाली गोदावरी नगरपालिका-८ स्याउले बस्ने २१ वर्षीय बिरेन्द्र कठायतलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुरकै पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्रामसहित बैतडी पाटन नगरपालिका-६ बस्ने २६ वर्षीय कमल भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
रूपन्देहीकाे बुटवल उपमहानगरपालिका-१० राजमार्ग चौराहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-१० कालिकानगर बस्ने २५ वर्षीय प्रविन थापालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट चौराहाबाट खटिएको प्रहरीले लु.८३ प ५२२८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार थापालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पर्साकाे वीरगञ्ज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्रामसहित भारत बिहार घर भएका २७ वर्षीय सुभाष मुखियालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया