देशकाे विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ

काठमाडाैं । देशकाे विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सातजना पक्राउ परेका छन् ।
झापाकाे बिर्तामोड नगरपालिका-५ भद्रपुर रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम र मोबाइल १ थानसहित सोही ठाउँ बस्ने २० वर्षीय राज राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकाे टीकापुर नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका-४ घर भएका २३ वर्षीय आरोन थापालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुरकाे भिमदत्त नगरपालिका-४ पुरानो बसपार्कबाट अवैध लागूऔषध चरेश १ सय २९ ग्राम ६७ मिलिग्राम, नगद ८२ हजार ७ सय २५ रूपैयाँ र तौल गर्ने काँटा १ थानसहित सोही ठाउँ बस्ने ७४ वर्षीय शेर सिंह धामीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको पसल र घरको तलासी गर्ने क्रममा उक्त परिमाणको चरेश फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुरकै पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्रामसहित कैलाली गोदावरी नगरपालिका-८ स्याउले बस्ने २१ वर्षीय बिरेन्द्र कठायतलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुरकै पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्रामसहित बैतडी पाटन नगरपालिका-६ बस्ने २६ वर्षीय कमल भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
रूपन्देहीकाे बुटवल उपमहानगरपालिका-१० राजमार्ग चौराहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-१० कालिकानगर बस्ने २५ वर्षीय प्रविन थापालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट चौराहाबाट खटिएको प्रहरीले लु.८३ प ५२२८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार थापालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पर्साकाे वीरगञ्ज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्रामसहित भारत बिहार घर भएका २७ वर्षीय सुभाष मुखियालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

















बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
कांग्रेसले सरकार चलाएको २०४६ देखि २०५१ स्वर्णिम युग थियो : सभापति थापा
कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन: रवि लामिछाने
NC will not protect anyone involved in corruption: NC President Thapa
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
प्रतिक्रिया