विवाह गरेको लामो समय सम्म सन्तान नभएपछि चोरी गरेकी थिइन् मनिषाले शिशु
महिलाकी दिदी र श्रीमान पनि प्रहरीको नियन्त्रणमा

काठमाडाैँ । थापाथलीस्थित प्रसूति अस्पतालबाट २६ दिने शिशु लिएर फरार भएकी महिलालाई शनिबार मध्यराती प्रहरीले काँडाघारीबाट नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार शिशु लिएर फरार भएकी महिला दैलेख घर भएकी मनकुमारी सिंह रहेको बताए । उनीसँगै प्रहरीले उनका श्रीमान र दिदीलाई पनि नियन्त्रणमा लिएको छ। उनीहरूलाई प्रहरीले काँडाघारीस्थित डेराबाटै नियन्त्रणमा लिएको हो।
शिशु चोर्ने महिलाले प्रहरीसँगको प्रारम्भिक बयानमा विवाह गरेको लामो समयसम्म पनि आफ्नो बच्चा नभएका कारण आफूले सन्तानको रहर पूरा गर्न शिशु चोरी गरेको बताएकी छन् ।
अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार बच्चा नभएपछि आफूले डाक्टरलाई देखाउँदा डाक्टरले सन्तान नहुन सक्छ भनेपछिउनले बच्चा चोरेर सन्तानकै रूपमा हुर्काउने योजना बनाएर प्रसूति गृह पुगेको र त्यहाँ एक महिलाको शिशु एकछिन बोक्छु भनी लिएर आएको मनिसाले प्रहरीसमक्ष बयान दिएकी छन्।
मनिषालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया