विवाह गरेको लामो समय सम्म सन्तान नभएपछि चोरी गरेकी थिइन् मनिषाले शिशु
महिलाकी दिदी र श्रीमान पनि प्रहरीको नियन्त्रणमा

काठमाडाैँ । थापाथलीस्थित प्रसूति अस्पतालबाट २६ दिने शिशु लिएर फरार भएकी महिलालाई शनिबार मध्यराती प्रहरीले काँडाघारीबाट नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार शिशु लिएर फरार भएकी महिला दैलेख घर भएकी मनकुमारी सिंह रहेको बताए । उनीसँगै प्रहरीले उनका श्रीमान र दिदीलाई पनि नियन्त्रणमा लिएको छ। उनीहरूलाई प्रहरीले काँडाघारीस्थित डेराबाटै नियन्त्रणमा लिएको हो।
शिशु चोर्ने महिलाले प्रहरीसँगको प्रारम्भिक बयानमा विवाह गरेको लामो समयसम्म पनि आफ्नो बच्चा नभएका कारण आफूले सन्तानको रहर पूरा गर्न शिशु चोरी गरेको बताएकी छन् ।
अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार बच्चा नभएपछि आफूले डाक्टरलाई देखाउँदा डाक्टरले सन्तान नहुन सक्छ भनेपछिउनले बच्चा चोरेर सन्तानकै रूपमा हुर्काउने योजना बनाएर प्रसूति गृह पुगेको र त्यहाँ एक महिलाको शिशु एकछिन बोक्छु भनी लिएर आएको मनिसाले प्रहरीसमक्ष बयान दिएकी छन्।
मनिषालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया