धनुका रोकिएका काम पुनः सुरु हुने, अन्य राशिकाे कस्ताे छ दिन?

आज मिति २०८० साल फागुन १३ गतेतदअनुसार फ्रेब्रुअरी २५, सन् २०२४ आइतवार। फागुन कृष्ण प्रतिपदा ।पञ्चाङ्ग: सुकर्मा बालव पूर्व।
यस्ताे छ राशिफल
मेष : शुभकार्यको चर्चा चल्ने र सरुवा, बढुवाको योग छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ।
बृष : मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। प्रेमी-प्रेमिकाबीच खिन्नता बढ्न सक्छ। विगतका गलत निर्णयले काममा चुनौती र झमेला आउने देखिन्छ।
मिथुन : नयाँ कमको अवसर र शुभकार्यको चर्चा चल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। आफन्तको साथ र सहयोग मिल्नेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। प्राविधिक र वैदेशिक कार्य अघि बढ्नेछ।
कर्कट : नयाँ काम वा रोजगार पाइनेछ। मनोरञ्जनमा सहभागी भइएला। स्वादिष्ट परिकारको अवसर मिल्नेछ। सबैले तपाइँको काममा सहयोग गर्नेछन्।
सिंह : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम पनि सम्पादन हुन सक्छ। अधुरो र आँटेको कार्य पूरा होला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।
कन्या : सरकारी निकायको भय रहला। उमङ्ग र उत्साहमा कमी आउनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। सेयर बजारले खासै साथ दिने देखिँदैन। साँझबाट दैनिक काम सहजै सम्पन्न हुनेछन्।
तुला :नयाँ कार्यको अवसर मिल्नेछ। अनावश्यक खर्चबाट बच्न सकिन्छ। रोकिएका काम पूरा हुनेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।
बृश्चिक : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। प्राविधिक काममा सफलता मिल्नेछ। सजिलै अरूको मन जित्न सकिनेछ। वैदेशिक कार्य र आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ।
धनु : रोकिएका काम पुनः सुरु हुन सक्छन्। सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ भने पारिवारिक सुख प्राप्त हुनेछ। शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ।
मकर : अध्ययन तथा अध्यापनमा समय बढी नै लगानी गर्नुपर्ने देखिन्छ। दबाब र तनाव बढेको महसुस हुनेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। मनमा दुबिधा उत्पन्न हुनेछ।
कुम्भ : कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ, हर्ष र उत्साह भरिनेछ। सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ।
मीन : लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। नयाँ काममा हात हाल्ने समय छ। सहयोगी हातहरू अघि बढ्नेछन्। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया