दादुरा-रुबेला खोप राष्ट्रिय अभियानको भक्तपुरबाट शुभारम्भ

भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरको मध्यपुर थिमिस्थित आदर्श माध्यमिक विद्यालयबाट दादुरा–रुबेला राष्ट्रिय खोप अभियानको आईतबार शुभारम्भ गरेका छन् ।
मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरकी अस्मिता ओझालाई भ्याक्सिन क्स हस्तान्तरण गर्दै शुभारम्भ गरेका हुन् । आदर्श माध्यमिक विद्यालयमा आयोजना गरिएको शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले नेपाल सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्न प्रतिवद्व रहेको बताउँदै प्रदेश सरकार र स्थानिय सरकारको सहकार्यमा यो अभियान सफल हुने विश्वास व्यक्त गरे ।
गत वर्ष समेत दादुराको महामारी देखिएको स्मरण गर्दै देशका ७७ वटै जिल्लामा सञ्चालित हुने खोप अभियानमा एक जना बालबालिका पनि छुट्न नहुनेमा स्वास्थ्य मन्त्री बस्नेतले जोड दिए । यो अभियान सफल बनाउन जनचेतनाको पनि भूमिका रहेकाले स्वास्थ्य मन्त्रालयले यसको शुभारम्भ भक्तपुरको आदर्श स्कुलबाट गरेको मन्त्री बस्नेतले बताए ।
कार्यक्रममा भक्तपुर क्षेत्र नम्बर २ का सांसद दुर्लभ थापाले स्थानिय सरकारको सहकार्यमा सञ्चालन गरिएको खोप अभियानले पूर्ण सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ र चागुनारायण नगरपालिकाका मेयर जिवन श्रेष्ठले स्थानिय सरकारले प्राथमिकताका साथ खोप लगायतका स्वास्थ्यका कार्यक्रम सञ्चालनमा सहकार्य गरिरहेको जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवले देशका ७७ वटै जिल्लाबाट एकै पटक शुभारम्भ गरिएको दादुरा–रुबेला खोप राष्ट्रिय अभियानले नेपालबाट दादुरा र रुबेला निवारणमा कोशे ढुंगा सावित हुने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दीपेन्द्ररमण सिंहले संसारबाटै विफर उन्मुलन भएजस्तै दादुरा र रुवेला पनि उन्मुलन गर्न सकिने दावी गर्दै यसमा सबैको इमान्दार प्रयास आवश्यक रहेको बताए ।
स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा। संगीता मिश्रले यस अभियानमा तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिना देखि १५ वर्ष मुनीका र बाकी जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनीका बालबालिकालाई यो खोप दिइने जानकारी दिइन् । परिवार कल्याण महासाखाका निर्देशक डा. विवेक कुमार लालले साडे ५७ लाख बालबालिकालाई यो अभियान अन्तर्गत खोप लगाइने बताए । डा. लालका अनुसार देश भरि स्थापना गरिएका ४९ हजार खोप केन्द्रमार्फत ६० हजार महिला स्वास्थ्य स्वयं सेविका र ४४ हजार स्वास्थ्यकर्मी मार्फत खोप अभियान सञ्चालन हुनेछ ।
यो अभियान सञ्चालमा १ अर्ब ३६ करोड खर्च लाग्ने छ । जसमध्ये ८४ प्रतिसत रकम (ग्लोवल भ्याक्सिनेशन अलाइन्स) गाभीले अनुदान दिएको छ भने बाँकी नेपाल सरकारले बेहोर्ने छ ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रतिक्रिया