रौतहटमा ४ किलो गाँजासहित एकजना पक्राउ

रौतहट । रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो ग्राम लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन्।
गाँजासहित पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका- १ हरैया टोलका ३५ वर्षीय हबीब अन्सारी रहेका रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्।
बिशेष सूचनाको आधारमा गुजरा- ४ लाल बकैया नदीको बाँधमा आइबार दिउँसो जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हरिनगरको संयुक टोलीले चेकजाँचको क्रममा पैदल यात्री अन्सारीको झोलाबाट ४ किलोग्राम लागुऔषध गाँजा बरामद भएको एसपी श्रेष्ठले जानकारी दिएका छन् ।
पक्राउ परेका अन्सारी गाँजासहित इलाका प्रहरी कार्यालय लक्ष्मिनियाँ विजयपुरको हिरासतमा रहेका र कानुनी कारबाही प्रक्रियाअगाडि बढाइएको जिल्ला प्रहरी कार्याय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
पछिल्लो समय मकवानपुरको विभिन्न स्थानबाट तस्करले लुकाइछिपाई लागूऔषध गाँजा ल्याएर सीमावर्ती भारतीय बजारहरुमा पुर्याउने गरेकाे प्रहरीकाे भनाइ छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया