रौतहटमा ४ किलो गाँजासहित एकजना पक्राउ

रौतहट । रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो ग्राम लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन्।
गाँजासहित पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका- १ हरैया टोलका ३५ वर्षीय हबीब अन्सारी रहेका रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्।
बिशेष सूचनाको आधारमा गुजरा- ४ लाल बकैया नदीको बाँधमा आइबार दिउँसो जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हरिनगरको संयुक टोलीले चेकजाँचको क्रममा पैदल यात्री अन्सारीको झोलाबाट ४ किलोग्राम लागुऔषध गाँजा बरामद भएको एसपी श्रेष्ठले जानकारी दिएका छन् ।
पक्राउ परेका अन्सारी गाँजासहित इलाका प्रहरी कार्यालय लक्ष्मिनियाँ विजयपुरको हिरासतमा रहेका र कानुनी कारबाही प्रक्रियाअगाडि बढाइएको जिल्ला प्रहरी कार्याय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
पछिल्लो समय मकवानपुरको विभिन्न स्थानबाट तस्करले लुकाइछिपाई लागूऔषध गाँजा ल्याएर सीमावर्ती भारतीय बजारहरुमा पुर्याउने गरेकाे प्रहरीकाे भनाइ छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रतिक्रिया