यस्ताे छ आज देशभरकाे माैसम

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।














यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया