यस्ताे छ आज देशभरकाे माैसम

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
















Sankhuwasabha jeep accident: Identities of two deceased ascertained
आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द
फिलिपिन्समा डुङ्गा डुब्दा १५ जनाको मृत्यु, २८ बेपत्ता
सुदूरपश्चिममा १२ पूर्वमन्त्री चुनावी मैदानमा
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया