माछा मार्ने क्रममा सेतिमा बेपत्ता एक युवक मृत फेला, अर्काकाे खोजिकार्य जारी

कास्की । सेतीमा आछा मार्न गएका एक युवकको शव फेला परेको छ, भने अर्का युवकको खोजी भईरहेको छ ।
कास्की जिल्ला पोखरा महानगरपालिका- १७ महतगौडा स्थित सेती नदिमा माछा मार्ने क्रममा बेपत्ता भएका एक युवकको शव सशस्त्र प्रहरिले निकालेको हो । उनी सँगै गएका अर्का युवकको भने खोजिकार्य जारी छ ।
माछा मार्न गएका ५ जना मध्ये सोही महानगरपालिका -१ कसेरी बस्ने ४० बर्षका मंगा तामाङ्ग मृत अवस्थामा ढुङ्गामा अड्किएको अबस्थामा सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की बाट गएको गोताखोर र बिपद् उद्दार टिम सहितको फौजले आईतबार राती पौने १ बजे शव फेला पारेको हो ।
सोही ठाउँ बस्ने ४३ बर्षका रक्सेस तामाङ्गको खोजी कार्य जारी राखेको छ । शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । साथै माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका थापाले बताए ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया