बिहीबार, माघ १, २०८२

साेमबार सुनकाे मूल्य घट्याे, कतिमा हुँदै छ काराेबार?

मेरोन्यूज २०८० फागुन १४ गते ११:१३

काठमाडौं । साेमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेको हो । आइतबार प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेर कारोबार भईरहेको छ । चाँदि प्रतितोला १ हजार ३९५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया