शुक्रबार, पुष १८, २०८२

रिद्धिसिद्धि ज्वेलरीका सञ्चालक नरेन्द्रकुमार गुप्तामाथि छानबिन गर्न माग

मेरोन्यूज २०८० फागुन १४ गते १९:०९

काठमाडौं । सुनचाँदी व्यवसायीहरूले विशाल बजारमा रहेको रिद्धिसिद्धि ज्वेलरी हाउसका सञ्चालक नरेन्द्रकुमार गुप्ताका गतिविधिको छानबिन गर्न माग गरेका छन् ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको आज बसेको संयुक्त भेलाले गुप्ताका गतिविधिको छानबिन गर्न माग गर्ने निर्णय गरेको हो ।

गुप्ता नेपाल रत्न तथा आभुषण संघ काठमाडौंका वरिष्ठ उपाध्यक्षसमेत हुन् ।

विज्ञप्तिमा वीरगन्ज ठेगाना भएको ‘रेस खबर’ नामक अनलाइन पत्रिकाले गुप्तालाई स्रोत व्यक्तिको रूपमा उल्लेख गरेर भ्रामक समाचार सम्प्रेषण गरिरहेको उल्लेख छ । जसबाट निरन्तररूपमा गहना व्यवसायीका प्रतिष्ठित संस्था र व्यक्तिको प्रतिष्ठामा आँच पुर्‍याउने काम भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया