एकीकृत समाजवादी बैठक: सुझावको छनोट गर्न मस्यौदा समितिलाई जिम्मेवारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले महाधिवेशनका लागि मस्यौदामा छलफल गर्न यही फागुन १५ र १६ गते मस्यौदा समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले मस्यौदा लेखनका लागि देशभरबाट आएका सुझावको अध्ययन तथा छनोट गर्न मस्यौदा समितिलाई जिम्मेवारी दिएको हो । महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदामा छनोट गरिएका सुझावलाई समावेश गरिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा एकीकृत समाजवादीमा समाहित भएकामा त्यसको स्वागत गरेको बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारको नीति तथा कार्यक्रमअनुसार कार्यप्रगतिको समीक्षा गरिएको उनले जानकारी दिए । समान विचार भएका कम्युनिष्ट पार्टीलाई एकीकृत गर्न समाजवादी मोर्चाले सुरु गरेको अनौपचारिक छलफलको सराहना गरेको बैठकले मोर्चाले आगामी चैत ३ गते सञ्चालन गर्न लागेको नेपाली विशेषताको समाजवाद कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने निर्णय गरेको छ ।
पार्टीले सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियान तथा पार्टी निकट जनवर्गीय सङ्गठनका कार्यक्रमबारे समीक्षा गरिएको बैठकले सङ्गठन सुदृढीकरण गर्न पार्टीका सबै तहका कमिटी परिचालित गर्नेबारे छलफल गरेको प्रमुख खतिवडाले जानकारी दिए ।
















आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया