माओवादी स्थायी समिति बैठक आज बस्दै
मेरोन्यूज
२०८० फागुन १५ गते ८:११

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूको कार्यविभाजन गर्न स्थायी कमिटी बैठक आज बस्दै छ।मंगलबार बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।
यसअघि आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्त भएपछि दिउँसो ३ बजेका लागि सारिएको थियो। आइतबार दिउँसो पनि बस्दै नबसी स्थगित भएको बैठक आज बिहान बस्न लागेको हो।
आजको बैठकमा अध्यक्ष प्रचण्डले सरकारका कामकाजसहितका विषयमा बोल्ने बताइएको छ।
बैठकमा तराई–मधेस अभियान, उत्तर–दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादीले त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रवक्ता सापकोटाले बताए। माओवादीले आगामी चैत १ गतेदेखि तराई–मधेसमा अभियान सञ्चालनका विषयमा पनि छलफल हुने बताइएको छ।
सम्बन्धित
















सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया