स्वर्गीय आचार्य आदर्श व्यक्ति : मन्त्री किराती

काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीत–सङ्गीतको धरोहर वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनले यस क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।
आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा उनीप्रति श्रद्धाञ्जलि अर्पणपछि मन्त्री किरातीले भने, “आफ्नो जिन्दगीमा हजारौँ पराजय ब्यहोरेर पनि इतिहासले नबिर्सिने व्यक्तिका रुपमा विजय हासिल गर्नुभएको छ, हामी कहिल्यै उहाँको योगदान भुल्ने छैनौँ ।”
मन्त्री किरातीले स्व आचार्यले जीवन्त गीत गाएर छाडेको भन्दै उनी बाँच्नेहरुका निम्ति आदर्श व्यक्तिका रुपमा रहने बताए । उनले आचार्यका नाममा नेपाल सरकारले केही काम गर्ने प्रतिबद्धता पनि जनाए । उनले भने, “उहाँ र उहाँको लोकप्रिय गीत–सङ्गीतलाई हामी कहिल्यै बिर्सने छैनौँ । उहाँको सच्चा श्रद्धाञ्जलिका निमित्त हामीले धेरै काम गर्नुपर्ने छ । नेपाल सरकार उहाँको योजना र उहाँले देखेको सपना पूरा गर्न सदैव साथमै छ ।”
आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन दशकअघि नै उहाँको गला अवरुद्ध भएको स्मरण गर्दै गाउने मान्छे गाउन नै नपाएपछि कति ठूलो पीडा भयो होला भनेर कल्पना पनि गर्न नसकिने बताए ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले स्व आचार्यको निधनले नेपाली गीत–सङ्गीत क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए। श्रद्धाञ्जलि अर्पणपछि अहिले उनको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको छ ।
भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो । विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ । आचार्यले करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिएका छन् ।
गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै छन् ।
















इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया