बिहीबार, वैशाख १०, २०८३

भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्र सचिव लम्सालबीच भेटवार्ता

मेरोन्यूज २०८० फागुन १५ गते १९:५९

काठमाडौं। भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी छन् ।

Advertisement
NiccNicc

आठौं एसिया इकोनोमिक डाइलगमा भाग लिन भारत पुगेकी परराष्ट्र सचिव लम्सालले भारतीय विदेशमन्त्री जयशंकरसँग भेट गरेकी हुन् ।

भेटमा द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको जनाइएको छ । ‘परराष्ट्र सचिव लम्साललाई दिल्लीमा स्वागत छ,’ भारतीय विदशेमन्त्री जयशंकरले एक्समा उल्लेख गरेका छन्, ‘द्विपक्षीय सम्बन्धमा भइरहेका प्रगतिका विविध पक्षका बारेमा जानकारी पाउँदा खुसी छु ।’

आठौं एसिया इकोनोमिक डाइलग–२०२४ मा भाग लिन परराष्ट्र सचिव सेवा लम्साल मंगलबार भारतको पुने गरेकी हुन् । सोही क्रममा उनले भ्रमणको पहिलो दिन दिल्लीमा विदेशमन्त्री जयशंकरसाग भेट गरेकी हुन् ।

आठौं एसिया इकोनोमिक डाइलगको उद्घाटन सत्र बिहीबार हुँदैछ । भारतको विदेश मन्त्रालय र पुने इन्टरनेशनल सेन्टरद्वारा वार्षिक रुपमा आयोजना हुँदै आएको बहुपक्षीय सम्मेलनलाई महत्वका साथ हेरिन्छ । उक्त सम्मेलनमा विभिन्न मुलुकबाट सहभागिता जनाउने आयोजकले जनाएको छ ।

सम्मेलनमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, र बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनसँग लम्सालले एउटै सत्रमा दक्षिण एसियाको आर्थिक विषयमा छलफल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया