गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

पोखरा । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ ।
मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज २ बजेका लागि अधिवेशन डाक्न आह्वान गरेका हुन्। असोज १२ गतेदेखि अधिवेशन अन्त्य भएको थियो। करिब ६ महिनापछि आज बैठक बस्न लागेको हो।
प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस गरिने जानकारी दिइन् ।
प्राइभेट फार्म दर्ता सम्बन्धी विधेयक सरकारले संसद् सचिवालयमा दर्ता गरेको ३ दिन पूरा भइसकेकोले संसद्मा पेस गर्ने तयारी छ। यस्तै, मङ्गलबार सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक सरकारले संसद् सचिवालयमा दर्ता गरेको छ।
यसअघि, प्रदेश मामिला तथा कानुन समितिद्वारा आमसञ्चारसम्बन्धी व्यवस्था गर्न विधेयक र सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरिएको थियो ।
















इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया