बिहीबार, वैशाख १०, २०८३

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

मेरोन्यूज २०८० फागुन १६ गते १०:०९

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बुधबार पनि जारी छ। पार्टी मुख्यालय पेरिसडाँडामा बिहान साढे आठ बजेबाट सुरू भएको बैठकमा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी रहेकाे सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

Advertisement
NiccNicc

उनका अनुसार आजको बैठकले कार्यविभाजनबारे टुंगो लगाउने छ, त्यस्तै सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखापरेको विवाद र राष्ट्रिय सभा अध्यक्षको विषय पनि निरूपण गरेको छ।

मंगलबार बिहान बसेको बैठकबाट ठोस निष्कर्ष नआएपछि आज पुनः बसेकाे हो। बैठकमा विशेषगरी राष्ट्रिय सभा अध्यक्ष माओवादीले छोड्न नहुने अधिकांशले सुझाव दिएका छन्।

प्रतिक्रिया