विदेशी विनिमय दर : आज कुन मुद्राको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०रूपैयाँ १५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ । यसैगरी बिहिबार युरोको र बेलायती पाउण्डको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०८ पैसाले बढेको हो । बुधबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९४ पैसामा भएको थियो ।
बिहिबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ २० पैसा र बिक्रीदर १४३ रूपैयाँ ८४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४४ पैसाले घटेको हो। बुधबार यसको खरिददर १४३ रूपैयाँ ६४ पैसा र बिक्रीदर १४४ रूपैयाँ २२ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ ४४ पैसाले घटेर एकको खरिददर १६७ रूपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रूपैयाँ २१ पैसा कायम गरिएको छ । बुधबार यसको खरिददर १६७ रूपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६५ पैसामा कारोबार भएको थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४४ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ४९ पैसा र बिक्रीमा ९७ रूपैयाँ ९३ पैसा कायम गरिएको छ ।
यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४७ पैसा कायम गरेको राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ १८ पैसा र बिक्रीदर ४३२ रूपैयाँ १८ पैसा तोकिएको जनाएको छ ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया