बुधबार, वैशाख ९, २०८३

राष्ट्रिय युवा परिषद् र नेपाल जेसिजबीच युवा विकासमा सहकार्य गर्ने समझदारी

मेरोन्यूज २०८० फागुन १७ गते १३:४३

काठमाडौं । नेपाल सरकार अन्तर्गतको राष्ट्रिय युवा परिषद् र नेपाल जेसिजबीच युवा नेतृत्व विकास र नीति प्रवर्धनका साझा क्षेत्रमा काम गर्ने नीतिगत समझदारी भएको छ। जेसिजको २०२४ को नेसनल काउन्सिलर्स एकेडमीको उद्घाटन समारोहमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।

Advertisement
NiccNicc

चितवनको सौराहामा आयोजित कार्यक्रममा वागमति प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले युवाका क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रले संगसंगै मिलेर काम गर्नुपर्ने वताइन्। मन्त्री मोक्तानले युवाका साझा समस्या समाधानका लागि साझा प्रयास आवश्यक भएको वताइन्।

समझदारी पत्रमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र नेपाल जेसिजका अध्यक्ष रविन पोखरेलले हस्ताक्षर गरेका छन्। परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाको क्षेत्रमा विगत ६ दशकदेखि निरन्तर क्रियाशील नेपाल जेसिजसंगको सहकार्यले युवा विकासमा सकारात्मक आयाम थपिने वताए।

नेपाल जेसिजका अध्यक्ष रविन पोखरेलले युवाको क्षेत्रमा कार्यरत आधिकारिक सरकारी निकायसंगको सहकार्यले नेपाल जेसिज उत्साही भएको वताए। पोखरेलले आफ्नो कार्यकालमा परिषदसंग मिल्न सकिने विषयमा मिलेर काम गर्ने वताए।

समझदारी पत्रमा युवालाई नीति निर्माणतहदेखि कार्यान्वयन तहसम्म अधिकतम् सहभागी गराउन, युवाको नेतृत्व तथा ब्यक्तित्व विकासमा टेवा पुर्याउन र समयानुकल युवा नीति निर्माण गर्न सहकार्य गरिने बताइएको छ।

समारोहमा चलचित्र महानायक राजेश हमाल, वागमति प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलगाईं लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया