बुधबार, वैशाख १६, २०८३

छोरी मार्ने आमा १७ वर्षपछि पक्राउ

मेरोन्यूज २०८० फागुन १८ गते २०:५६

गोरखा। छोरी जन्माएर मार्ने एक आमालाई गोरखा प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ। २०६६ साल माघ ७ गते छोरी जन्माएर मारेकी सहिदलखन गाउँपालिका ७ बुंकोटकी ३६ वर्षीया मञ्जु श्रेष्ठलाई गत मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Advertisement
NiccNicc

उनलाई कैद सजाय असुलका लागि शुक्रबार कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

छोरी जन्म दिएर हत्या गरेको आरोपमा मुद्दा खेपेकी श्रेष्ठलाई गोरखा जिल्ला अदालतले २०६८ सालको माघ ३ गते तीन महिना कैद र पाँच सय रुपैयाँ जरिवाना फैसला गरेको थियो। मुद्दा पुनरावेदन हुँदा सर्वोच्च अदालतले २०६९ चैत २३ गते उनलाई दुई वर्ष कैद सजाय फैसला गरेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया