शुक्रबार, पुष १८, २०८२

पुण्य गौतम र युवराज सफल पक्राउ

मेरोन्यूज २०८० फागुन २० गते १८:५२

काठमाडौं। प्रहरीले पुण्य गौतम र युवराज सफललाई पक्राउ गरेको छ।

शालीन पोखरेल मृत्यु प्रकरणमा पोस्ट मार्टम रिपोर्ट परिवारलाई नदिएको भन्दै विरोध गर्न पुगेका उनीहरुलाई त्रिवि शिक्षण अस्पताल बाहिरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दुवैलाई महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।

उनीहरुले चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्रावासमा मृत अवस्थामा भेटिएकी छात्रा १४ वर्षीया शालिन पोखरेलको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

स्काउटको डोरीले घाँटीमा झुण्डिएको अवस्थामा १२ फागुनमा उनको शव भेटिएको थियो । त्रिवि शिक्षण अस्पतालमा भएको फरेन्सिक जाँचको प्रतिवेदनमा उनको ‘झुण्डिएको कारण’ मृत्यु भएको उल्लेख छ ।

प्रतिक्रिया